क्र्याक ब्यान्डेजले घाटीमा बाधी हत्या गर्ने पक्राउ


झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका – ५ का ४० बर्षीय भिमराज लिम्बुको हत्या गरी फरार रहेका सोही स्थानका ५६ बर्षीय सुकराज लिम्बुलाई पक्राउ गरिएको छ ।

हिजो राती पौने ९ बजे मेचीनगर नगरपालिका ५ ईटाभट्टा अधेरी टोल स्थित ग्राबेल बाटोको छेउमा घाँटीमा कपडाको क्र्याक ब्यान्डेजले बाँधिएको र मुखबाट रगत आइरहेको अवस्थामा भिमराज मृत अबस्थामा फेला परेका थिए ।

तत्काल घटनास्थलमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरीले उनको हत्या भएको पुष्टी गरे सगै घटनामा संलग्न भई फरार रहेका सुकराजलाई पक्राउ गरेको हो । पक्राउ परेका सुकराजले आपसी झगडा हुदाँ खुट्टामा बाध्ने क्र्याक ब्यान्डेजले मृतकको घाँटीमा बाधी घटना घटाएको अनुसन्धानको क्रममा स्विकार गरेका छन् ।

उनि उपर थप अनुसन्धान तथा कानुनि कारबाही भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..