शारदा नदीमा फसेका १२ जनाको उद्धार

सल्यान । शारदा नगरपालिका वडा नम्बर -६ बरला स्थित शारदा नदीको बीचमा फसेका १२ जनालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी , नेपाली सेनाको टोलीले उद्धार गरेको छ । खेतमा रोपाइँ गर्न गएका उनीहरू नदीमा आएको बाढीका कारण त्यहीँ फसेका थिए ।

उद्धार गरिएकामा शारदा नगरपालिका ६ बरलाका हिरालाल विक, सुशीला गिरी, काली विश्वकर्मा, गीताकुमारी गिरी, तेजबहादुर बस्नेत, सुकलाल गिरी, देवीलाल विक, मनोज विक, दीपेन्द्र विक, प्रमलाल विक, कुमार विक र छविलाल विक छन् ।

उनीहरू सबैको अवस्था सामान्य रहेको सबुज गण सल्यानका गणपति कञ्चन बस्नेतले बताए । फसेकालाई उद्धार गर्न हेलिकप्टरको माग गरे पनि मौसमी खराबीले आउन नसकेपछि नेपाली सेना, प्रहरी र सशस्त्रको टोली उद्धारमा खटिएको उनले जानकारी गराए । बस्नेतका अनुसार केही दिनअघि पनि खेत जोत्ने क्रममा शारदामा आएको बाढीका कारण उक्त स्थानमा आठ जना फसेका थिए । उनीहरूको पनि उद्धार गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रबक्ता अर्जुन पौडेलले शारदा नदीलगायत सांघार खोलामा आएको बाढीले सांघार बस्ती डुबानमा परेपछि २० परिवारलाई सुरक्षित स्थानमा सारिएको र उनीहरूको पनि अवस्था सामान्य रहेको बताएका छन् । तत्काल नेपाली सेना, प्रहरी र सशस्त्रको टोली उद्धारमा खटिएकाले मानवीय क्षति हुन नपाएको उनले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..