राहत सामग्री लिएर मुख्यमन्त्री पोखरेल सहित मन्त्री दिपक मनाङ प्रस्थान

पोखरा ।बाढी प्रभावित क्षेत्रमा राहत वितरणका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल राहत सामग्रीसहित मनाङ प्रस्थान गरेका छन् ।

औषधि, खाद्य सामग्री र टेन्ट लिएर मुख्यमन्त्री पोखरेल, मन्त्री मनाङेसहितको टोली मनाङ प्रस्थान गरेको हो । मुस्ताङका सांसद चिन्तबहादुर घले पनि मुख्यमन्त्री पोखरेलसँगै मनाङ गएका छन् ।गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टर व्यवस्थापन गरिएको हो ।


मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको तालगाउँ लगायतका क्षेत्रमा क्षति पुर्‍याएको छ ।गण्डकी प्रदेश सरकारले बाढी प्रभावितलाई राहतका लागि ५ करोड रुपैयाँ छुट्टाउने निर्णय गरेको सरकारका एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..