अटोमेटिक पेस्तोल सहित एक जना उदयपुरबाट पक्राउ

उदयपुर । अटोमेटिक पेस्तोल सहित एक जना पक्राउ परेका छन् । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ३ मोतिगढाका ५० बर्षीय पर्शुराम चौधरी पेस्तोल सहित पक्राउ परेका हुन् ।

मोतिगढास्थित घरमा बस्दै आएका चौधरीले हतियार लुकाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा बुधबार राति १० बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनको कोठाबाट अटोमेटिक मेड इन युएसए लेखिएको पेस्तोल थान १ र गोली ५ राउण्ड फेला पारेको थियो ।    

प्रहरीले थप अनुसन्धान गर्ने क्रममा उनकै कोठाबाट अखिल नेपाल ट्रेड युनियन महासंघ लेखिएको सहयोग रसिद ८ ठेली, नेकपा माओवादी लेखिएको सदस्यता पत्र थान ३, अखिल नेपाल निर्माण मजदुर संघ लेखिएको सदस्यता पत्र थान ८५ समेत फेला पारेको थियो ।  

पक्राउ परेका चौधरी उपर थप अनुसन्धान तथा कानुनि कारबाही अगाडी बढाईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..