कालिकोट । नेपाली चलचित्रका चर्चित नायक पल शाह सहितको टोली कालिकोट पुगेर राहत विरतण गरेको छ । देशका विभिन्न जिल्लामा कोभिड स्वास्थ्य सामाग्री लिएर देशमा सामाजिक अभियानका रुपमा हिडेका पल शाहले कालिकोट जिल्लालाई पनि उच्च प्राथमिकतामा राखेका हुन । यो संगै पल शाह कालिकोटमा दोस्रो पटक पुगेका हुन ।
बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को बेला दुर्गम जिल्लाका नागरिकहरुको स्वास्थ्य अवस्था प्रति चिन्तित हुँदै बर्षाको समयमा कालिकोट आउदै गरेको पल शाह टिमका चर्चित मोडेल तथा समाजसेवि युवा नेता दमन न्यौपानेले बताएका हुन । उनका अनुसार बिगत लामो समय देखि पल शाह र आफू सँगै काम गरिरहेको बताएका छन् ।
युवा समाजसेवी दमनराज न्यौपानेले कोरोना महामारीका बेला अन्तजिल्लामा जस्तै आफ्नो जिल्लामा पनी नागरिकहरुका समस्यालाई मध्यनजर गदै आफ्नो पहलमा पल शाहको टिम कालिकोट पुगेको बताएका हुन । आफ्नो जम्मभुमि रहेको कालिकोट जिल्ला पनी कोरोनाको उच्च जोखिममा भन्ने समाचार सुन्दै गर्दा आफ्नो टिमबाट सानो सहयोगका लागि कालिकोट पुगेर राहत वितरण गरेको न्यौपाने बताएका छन् ।
मेरो जन्मभुमि कालिकोट भएकाले पनि पल शाह लाई आफुले बिशेष अनुरोध गरेपछि स्वास्थ्य सामाग्री लिएर कालिकोट आएको बताएका छन् । बुधवार जिल्ला अस्पताल कालिकोटमा अतिआवश्यक औषधी तथा स्वास्थ्य सामाग्री वितरण गरेर दमन न्यौपाने सहित पल शाहको टिम कोभिड अस्पताल कालिकोट पुगेर सिलिन्डर सहित अन्य स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
जिल्लाको रास्कोट नगरपालिकाको सामुदायिक अस्पतालमा राहत सामाग्री सहित स्वास्थ्य सामाग्री लिएर पल शाहको टिम रास्कोट,मुम्रा, सान्नीत्रिवेणीको रकु,पचालझरनाको सिकुमा प्रस्तान गदैछ । बर्खाको हिलाम्यबाटोको कुनै प्रवाह नगरी नागरिकहरुलाई स्वास्थ्य सेवाको कमि नहोस भनेर मोडल तथा समाजसेवी युवा दमन न्यौपाने सहितको टोली कालिकोट लगाएतका अन्य जिल्लामा प्रस्थान गरेको हो ।
न्यौपानेका अनुसार कर्णाली प्रदेश समाज कान्तो (टोकियो) जापान, पर्थ नेपाल अर्गनाईजेशन टिम अष्ट्रेलिया, हाम्रो टिम नेपाल र टिम पल शाहको सहयोग अनि सहकार्यमा कालिकोटकोमा राहतका सामाग्री र औषधी सहित स्वास्थ्य सामाग्री वितरण गरेको बताएका छन् ।
बादि बस्ती दैलेखको तल्लो डुङ्गेश्वोरमा पनि खाद्यन्न तथा कोभिड १९ बिरुद्धका सुरक्षित सामाग्री सहयोग तथा बितरण गरेर आएको युवा समाजसेवी मिलन बोगटीले बताए । पल शाहको टिममा चर्चित कलाकार विजय पुन, समाजसेवी अब्रिन लिम्बु सहित अन्य समाजसेवी कालिकोट पुगेका हुन ।


