मुख्यमन्त्री राउतद्वारा अक्सिजन प्लान्टको उदघाटन

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले आज जनकपुर धाममा अक्सिजन प्लान्टको उद्घाटन गर्नु भएको छ ।एस आर जे ग्रुपले जनकपुरधाम उपमहानगर वडा न. २३मा स्थापना गरेको ग्यास प्लान्ट को मुख्यमन्त्री राउतले आज एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको हो ।


प्लान्ट उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले कोरोना माहामारी सङ्ग जुध्न महत्वपूर्ण रहेको अक्सिजन उत्पादन शुरु गरेकोमा उद्योग का सञ्चालक हरु धन्यवाद दिदै जनकपुर क्षेत्रमा अब अक्सिजन को आभाव नहुने बिश्वास ब्यक्त गर्नु भयो ।

सात करोड्को लगानीमा सुरु भएको उक्त उद्योगले दैनिक ४५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने जनाईएको छ ।


एसआरजे ग्रुपका अध्यक्ष शिवनन्दन साहकोअध्यक्ष्ता मा भएको उक्त कार्यक्रममा सामाजिक बिकास मन्त्री नवल किशोर साह , प्रदेश सभा सदस्य करिमा बेगम, पुर्ब कृषि मन्त्री हरिनारायण यादव , मुख्यन्यायधिबक्ता दिपेन्द्र झा सहितको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..