दल र नेताहरु ध्रुविकरण र विवादमा रुमालिनु दुर्भाग्य : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले दललहरु ध्रुविकरण र विवादमा रुमालिनु देश, जनता, लोकतन्त्र, बिकास र समृद्धिका लागि दुर्भाग्य भएको बताउनु भएको छ ।बुधबार उपचारका लागि दिल्ली प्रस्थान गर्नुअघि एक बिज्ञप्ति जारी गर्दै राष्ट्रिय एकता, अखण्डता लोकतन्त्रको स्थायित्वका खम्बाको रुपमा उभिएका दलहरु विभाजित हुन नहुने बताउनु भएको छ ।


उहाँले दलहरु र दलका नेताहरुबीचको अनाअवश्यक टकराव, महत्वकाक्षा व्यक्तिगत इगो साँध्ने कार्य यथाशिघ्र अन्त्य गरिनु पर्ने पनि धारणा व्यक्त गर्नु भएको छ । साथै उहाँले सबै एकजुट भएर मुलुकका मुलभूत समस्याहरुलाई हल गर्नुपर्ने पनि बताउनु भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि जेठ ३१ गते नर्भिक अस्पतालमा भर्ना हुनु भएको पूर्वप्रधानमन्त्री खनाल बुधबार दिउसो भारतको नयाँदिल्ली प्रस्थान गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..