धनगढी । कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोग लागेपछि फरार भएका युवक पक्राउ परेका छन् ।
गत जेठ २७ गते वेदकोट नगरपालिका-५ की किशोरीलाई सामूहिक बलात्कार गरेको आरोप लागेका भीमदत्त नगरपालिका-५ का २० वर्षीय सिप्पु खुनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले वेदकोट नगरपालिका-६ को औजाखाली जंगलबाट खुनालाई पक्राउ गरिएको जानकारी दिए ।उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
प्रहरीले सोही मुद्दामा यसअघि वेदकोट नगरपालिका-६ का अन्दाजी २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरेको थियो ।विक र खुनामिलेर ती किशोरीमाथि स्थानीय नर्सरी जंगलमा उनीहरुसँगै घुम्न गएका बेला जबरजस्ती करणी गरेको आरोप लागेको छ।
६० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पाल्पाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामपुर नगरपालिका–१ मसकोटका ३५ वर्षीय नारायण मल्ल छन् ।उनले ती महिलालाई शुक्रबार साँझ जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


