एसपी अधिकारीको ठुलो सफलता : श्रीमतीकै योजनामा माओवादी नेता पाण्डेको हत्या

काठमाडौं । नेकपा माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेयको हत्यामा उनकै श्रीमतीले गराएको खुलेको छ । २५ दिन लामो प्रहरी अनुसन्धानबाट दीपकको हत्यामा उनकै श्रीमतीसहितको योजनावद्ध संलग्नता रहेको खुलेको प्रहरीले जानकारी दिएको छ ।

जेठ ५ गते अज्ञात समूहले हानेको गोली लागि घाइते पाण्डेयको जेठ १० गते उपचारका क्रममा मृत्यु भएको थियो । अनुसन्धानमा दीपकलाई गोली हान्ने ओमप्रकाश यादव र मृतक पाण्डेकै श्रीमती महिमाबीचको अनैतिक सम्बन्धका कारण हत्यासम्मको योजना बनेको खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी नवराज अधिकारीले जानकारी दिए ।

ओमप्रकाश र महिमाबीचको अनैतिक सम्बन्ध दीपकले चाल पाएपछि उनको हत्या योजना बनेको अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ । एसपी अधिकारीले भने, ‘हत्या योजना २-३ वर्षअघि नै बनेको देखिन्छ । उनीहरुले हतियार खरिद गरेर पेशेवर अपराधीलाई हत्याका लागि बैना रकम दिएको पनि खुलेको छ । लामो समयपछि उनीहरुले आफ्नो योजना सफल बनाएको देखियो ।’

अनुसन्धानबाट ओमप्रकाश यादवले दीपकको हत्याको योजना बनाएको र हतियार खरिद तथा व्यवस्थापनको काम गरेका थिए । दीपकमाथि गोली प्रहार भएको दिन उनी पनि सोही समूहसँगै रहेको खुलेको प्रहरीले बताएको छ ।

प्रहरीले प्रकाशको साथबाट एक थान पेस्तोल र ६८ राउण्ड गोली समेत बरामद गरेको छ । प्रहरीले हत्यामा संग्लन चार र हतियार व्यवस्थापनमा संलग्न सात जनालाई पक्राउ गरेको छ । एसपी अधिकारीका अनुसार हत्यामा ओमप्रकाश यादव, महिमा पाण्डेय, रमजान साह मुसलान, सकिर अलि पखियाको मुख्य भूमिका देखिएको छ । उनका अनुसार ओमप्रकाशले हत्याको योजना बनाएको, हतियार खरिद गरेको र आफ्नै उपस्थितिमा मार्न लगाएको खुलेको छ ।

रमजानले भने पाण्डेयलाई मार्नका लागि पटक-पटक ओमप्रकाशबाट एक लाख लिएको खुलेको छ । उनले नै पाण्डेयमाथि तीन राउण्ड गोली प्रहार गरेको खुलेको हो । साकिरले पाण्डेयलाई मार्न ओमप्रकाशबाट बैना रकम लिने, मृतकका गतिविधिमा निगरानी राख्ने, घटनामा प्रयोग भएको हतियार पूर्णवीर पाल्पालीको घरमा लुकाएर राख्ने गरेको पाइएको एसपी अधिकारीले जानकारी दिए ।

महिमाको भने ओमप्रकाशसहित मजान साह मुसलान, सकिर अलि पखियासँग निरन्तर सम्र्पक रहेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका अन्यको भने हत्यामा नभई हतियार व्यवस्थापनमा संलग्नता रहेको खुलेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..