कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिकाबाट लागुऔषध खैरो हेरोईनसहित एक जनालाई पक्राउ गरेको छ।
विषेश सुचनाका आधारमा जिल्लाको बेलौरी नगरपालिका- ८ पचुई स्थित पैदल हिडिरहेको अवस्थामा शंका लागी चेकजाँच गर्ने क्रममा सोही वडाका ३० बर्षका हरिकृष्ण रानालाई प्रहरीले पक्राउ गरेको हो।
रानाको साथबाट १३.०३ ग्राम लागुऔषध खैरो हेरोईन बरामद गरिरहेको प्रहरीले जनाएको छ। रानालाई नियन्त्रणमा लिई कानून बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी उमाप्रसाद चतुर्बेदीले जानकारी दिए ।


