पहाडे समुदायलाई पनि मन्त्री बनाउन मुख्यमन्त्री राउतलाई प्रदेश प्रमुख राजेशको पत्र

जनकपुरधाम ।  प्रदेश नम्बर २ का प्रमुख राजेश झा अहिराजले मन्त्रिपरिषद् समावेश बनाउन भन्दै मुख्यमन्त्री लालबाबु राउतलाई पत्र पठाउनुभएको छ ।

सरकार गठनका क्रममा गैर–मधेशी (पहाडे ) हरूलाई पनि समावेश गर्न भन्दै प्रदेश प्रमुख अहिराजले मुख्यमन्त्री राउतलाई पत्र पठाउनुभएको हो ।

पत्रमा मन्त्रिपरिषदमा पहाडी मूलकालाई पनि समावेश गराउन, महिला, मधेशि र दलित सबैलाई उत्तिकै प्राथमिकता दिन आग्रह गरिएको छ । संविधानले महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारु, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, सीमान्तीकृत मुस्लिम, पिछडा वर्ग, यौनिक अल्पसङ्ख्यक, युवा, किसान, श्रमिक आदिको समावेशिता अनिवार्य गरिनुपर्ने व्यवस्था भएको भन्दै प्रदेश प्रमुख झाले मुख्यमन्त्री राउतको ध्यानाकर्षण गराउनुभएको हो ।

यस्तै प्रदेश मन्त्रिपरिषद्का सदस्यहरू प्रदेश सभाको सदस्य हुनुपर्ने संवैधानिक व्यवस्था रहेकोमा प्रदेश सभाको गठन विधि नै समावेशी समानुपातिक सिद्धान्तमा आधारित रहेको पत्रमा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..