सुनसरी प्रहरीको मिलोमतो तस्करी : ठुलो परिणाममा चाइनिज स्याउ सहित ३ नेपाली ट्रक भारतीय प्रहरीको नियन्त्रणमा

आलोक यादव
लहान । सुनसरी प्रहरीको मिलोमतोमा तस्करी गरी लगिएको ठुलो परिणाममा चाइनिज स्याउ सहित तीन वटा नेपाली ट्रक भारतीय प्रहरीले बरामद गरेको छ ।

सुनसरी जिल्लाको सीमा नाकाहुँदै तस्करी गराइएको तीनवटा नेपानी नम्बर प्लेटको गाडीसहित ठुलो परिणाममा चाइनिज स्याउ आइतबार बिहान भारतीय प्रहरीले बरामद गरेको हो ।

प्रत्यक्षदर्शीले जानकारी गराएअनुसार सुनसरी जिल्लाको सीमा नाकाहुँदै तीनवटा गाडीमा लगिएको १३ सयभन्दा बढी कार्टुन चाइनिज स्याउसहित आठजना व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्तिहरुका बारेमा थप अनुसन्धान भारतीय प्रहरीले गरिएको हुँदा आइतबार दिउँसोसम्म बाँकी कुरा सार्वजनिक गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..