रोग र भोकको सम्बोधन गर्न पाँच पूर्वप्रधानमन्त्रीको आग्रह

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले कोरोनाविरुद्ध खोपको समुचित व्यवस्था गर्दै निषेधाज्ञाका कारण बन्देजको अवस्थामा विपन्न, श्रमजीवी वर्ग एवं समुदायमा परिरहेको मर्काप्रति संवेदनशील हुन सरकारसँग माग गरेका छन ।

कमजोर वर्ग तथा समुदायमा परेकोे रोग र भोकको समस्याको सम्बोधन गर्न आवश्यक कार्ययोजनासहित अग्रसर हुन उनीहरुले सरकारसँग अनुरोध गरेका हुन । उनीहरुले संवैधानिक व्यवस्था, कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यमाथि हमला भइरहेको भन्दै त्यसविरुद्ध ऐक्यवद्धता जनाउँदै आज अपिल गरेका छन ।

विज्ञप्तिमा नेपालको बारेमा नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा वाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवं चलखेल हुन नपाओस् भन्नेमा सजगताका लागि सबैको ध्यान आकर्षित गर्न चाहेको उल्लेख गरेका छन ।

संयुक्त विज्ञप्तिमा भनिएको छ ‘प्रधानमन्त्रीका क्रियाकलापका कारण देशले अस्थिर र अन्योलग्रस्त राजनीतिक स्थितिको सामना गरिरहेको बेला सरकारले घाटा बजेट पूर्ति गर्ने निहुँमा देशका विभिन्न भागबाट ढुङ्गा, वालुवा र गिटी उत्खनन् गरी विदेशमा निकासी गर्ने कार्यक्रम ल्याउनु राष्ट्रहित र जनविरोधी छ ।’ उनीहरुले यस्तो गलत निर्णयबाट अत्यन्त संवेदनशील अवस्थामा रहेको नेपालको भू–बनौटमा असर पर्न गई गम्भीर पर्यावरणीय समस्या सिर्जना हुनेछ उल्लेख गरेका छन ।

संयुक्त विज्ञप्ति जारी गर्ने पूर्वप्रधानमन्त्रीमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र डा बाबुराम भट्टराई छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..