कृष्णनगर नगरपालिकामा पत्रकार महासंघको भवन बन्ने

कृष्णनगर ।नेपाल पत्रकार महासंघको भवनका लागि कृष्णनगर नगरपालिकाले जग्गा दिएको छ । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखालाई भवन कृष्णनगर नगरपालिकाको वडा नं.८ मा २ कठ्ठा जग्गा भवन निर्माणका लागी महासंघलाई दिने निर्णय भएको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिनुभयो ।

जिल्लाको कृष्णनगर क्षेत्रका पत्रकारहरुको पहलमा नगरमा आवश्यक सुचना केन्द्र भवन निर्माणका लागि नगरपालिकाले बहादुरगंजमा २ कठ्ठा जग्गा दिने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत विजय कार्किले बताउनु भयो । संचारकर्मीहरूका लागी कृष्णनगर नगरपालिका भित्र भवनकाे अवस्यकता महसुस गरि बहादरगंजमा जग्गा उपलब्ध गराईएकाे नगरपालिकाले जनाएकाे छ ।

भवन निर्माणमा आगामी बजेटमा वडा बाट रकम समेत विनियोजित गरिने वडा नं ८ का वडा अध्यक्ष नुर मोहम्मद मुसलमान,वडा न. ५ का वडाध्यक्ष जमिल खाँ,वडा न. ६ का वडाध्यक्ष अनुप शुक्ला तथा वडा न. ७ का वडाध्यक्ष राजकिशाेर यादवले बताउनु भयो । त्यस क्षेत्रका पत्रकार मनिष गुप्ता,अंकुश श्रीवस्तवको निरन्तर प्रयासले भवनको लागि जग्गा प्राप्त गर्न सफल भएको महासंघका अध्यक्ष किरणमान बज्रचार्यले बताएका छन ।

नगरमा करिब १ दर्जन पत्रकार सक्रिय रहेका छन । नेपाल पत्रकार महासंघको कार्यालय सहित नागरिकको पहुँच पुग्ने सुचना केन्द्र तथा लाइव्रेरी सोहि जग्गामा निर्माण गरिने अध्यक्ष किरणमान बज्रचार्यले बताउनु भयो ।

बहादुरगंजमा निर्माण हुने पत्रकार महासंघको भवनले जिल्लाको शिवराज नगरपालिका, महाराजगंज नगरपालिका र विजयनगर गाँउपालिकाका पत्रकार लाभ लिनेछन । भवन निर्माणका लागि महासंघका पुर्व अध्यक्ष डिला भुसालकाे पहलमा जग्गा प्रकृया सुरू भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..