काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री रघुबीर महासेठलाई आज भेटेका छन् । भारतीय विदेशमन्त्री यस जयशंकरको सन्देश लिएर राजदूत क्वात्रा, मन्त्री महासेठलाई भेट्न बुधबार परराष्ट्र मन्त्रालय पुगेका थिए ।
भारतका विदेशमन्त्री जयशंकरले महासेठलाई परराष्ट्रमन्त्री भएकोमा बधाईको सन्देश पठाएका हुन् । राजदूत क्वात्रा र मन्त्री महासेठबीच कोरोनाविरूद्धको खोप आपूर्तिलगायत विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


