प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको लागि ‘एमिकस क्युरी’ झिकाउने आदेश

काठमाडौं । सर्वोच्चले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि एमिकस क्युरी झिकाउने आदेश दिएको छ । आजको संवैधानिक इजलासको सुनुवाईपछि जारी आदेशमा यस्तो भनिएको हो । नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बारबाट दुई÷दुईजना वरिष्ठ अधिवक्तालाई झिकाउने आदेश गरिएको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले एमिक क्यूरी, प्रत्यर्थी कानुन ब्यवसायी र सरकारी वकिललाई असार १० गतेभित्र लिखित बहस नोट बुझाउन पनि आदेश दिएको हो ।

इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु दिपककुमार कार्की, मिरा खड्का, आनन्दमोहन भट्टराई र ईश्वर खतिवडा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..