केही दिनमै प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना हुने दाबी गरेका छन्। तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले नांगो रुपमा गरिएको संसद विघटन खारेज हुने बताएका हुन्।

‘अदालतले पनि अन्तत: संविधान नै हेर्ने हो,’ प्रचण्डले भने, ‘५ पुसमा पनि संसद विघटन गरियो, लडेर संसद फिर्ता ल्यायौँ। त्यसबेला पनि मैले हामी जिउँदै छौँ भनेको थिएँ, अहिले त झन् नांगो रुपमा संसद विघटन गरिएको छ, पुनर्स्थापना हुन्छ।’

पुस ५ मा गरिएको संसद विघटनको बेला कांग्रेसले ढुलमुले चरित्र देखाएको उनले बताए। ‘पहिलो पटक कांग्रेस पनि के हो के हो भन्नेमा थियो, अहिले त कांग्रेस पनि प्रतिगमन भयो भन्नेमा छ’, उनले भने, ‘जनता समाजवादी पार्टीका उपेन्द्रजी पनि साथमा छन् । माधवजी पनि सँगै छौँ, जनमोर्चा पनि साथमा छौँ।’

अबको केही दिनभित्रै अदालतबाट संसद पुन:स्थापना हुने उनले बताए। त्यसपछि आफूहरुको सरकार बन्ने विश्वास प्रचण्डले व्यक्त गरे। संविधान र लोकतन्त्र रक्षाका लागि पाँच दल एकै ठाउँमा उभिइरहेको पनि प्रचण्डले बताए।

केपी ओली र विदेशी शक्तिले माओवादीलाई एक्ल्याउने प्रयास गरिरहेको पनि प्रचण्ड बताए। ‘हामीलाई एक्लो पारेर सिध्याउन खोज्ने नै क्षतविक्षत भएर सिद्धिने ठाउँमा पुगेका छन्,’ उनले भने।

संविधानसभामा माओवादीले राख्दै आएको ‘नोट अफ डिसेन्ट’लाई जनतामा लैजान पनि प्रचण्डले कार्यकर्तालाई निर्देशन दिएका छन्। अहिलेको लडाइँ आफूहरुले जित्ने उनले बताए। ‘तपाईंहरु निराशा हुनुपर्ने कारण केही छैन, यो ब्याटल हामीले जित्छौँ’, ’ उनले भने।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..