कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त हतियार सहित पक्राउ


मोरङ । मोरङको केरावारी गाउँपालिका-३ का ३२ बर्षीय हस्त बहादुर राईको हत्यामा संग्लग्न रहेका ४ जना, ४ थान भरुवा बन्दुक सहित पक्राउ परेका छन् । गत बैशाख ८ गते मृतक राई सहित १० जनाको समुहमा स्थानीय बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा शिकार खेल्न गएकोमा समुहकै गजेन्द्र राईले चलाएको भरुवा बन्दुकको गोली लागेर राईको मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगत्तै अनुसन्धानमा खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न रहेका मध्ये रुबिन लिम्बु र गजेन्द्र बहादुर राईलाई बैशाख ९ गते नै १ थान भरुवा बन्दुक सहित पक्राउ गरेको थियो ।

उक्त घटना संग्लग्न रहेका अन्य अभियुक्तहरुको खोजतलास भईरहेकोमा जेष्ठ १९ गते केराबारी गाउँपालिका.-३ का ४४ बर्षीय डिक बहादुर राई, ३६ बर्षीय बुद्धबिर लिम्बु, १९ बर्षीय राम प्रसाद राई र लेटाङ नगरपालिका-१ का १९ बर्षीय विपन लिम्बु पक्राउ परेका हुन् । निजहरु पक्राउ परेसंगै थप अनुसन्धान गर्ने क्रममा घटनामा प्रयोग भई उनिहरुले जंगलको ओढार मुनी लुकाई छिपाई राखेको ४ थान भरुवा बन्दुक समेत बरामद गरिएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..