राजेन्द्रलाई ओलीले उपप्रधानमन्त्री बनाएपछि हृदयेश त्रिपाठीले गरे मन्त्री पद अस्वीकार

काठमाडौं । आफूभन्दा जुनियर नेतालाई उपप्रधानमन्त्री बनाएको भन्दै हृदयेश त्रिपाठीले मन्त्री पद अस्वीकार गर्नुभएको छ ।

स्रोतका अनुसार राजेन्द्र महतो उपप्रधानमन्त्री हुने भएपछि त्रिपाठीले आफूलाई मन्त्री पदमा निरन्तरता नदिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो । राजनीतिमा म भन्दा जुनियर राजेन्द्रजीलाई उपप्रधानमन्त्री मानेर म मन्त्री बस्न सकिदनँ,’ उहाँको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

मन्त्री त्रिपाठीले महतोसँगै नयाँ उपप्रधानमन्त्री हुनुभएका विष्णु पौडेल र रघुवीर महासेठ पनि आफूभन्दा जुनियर रहेकाले पद अस्वीकार गरेको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिपाठीलाई धन्यवाद दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..