सांसदको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

विराटनगर । प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।बिहीबार राति करिब साढे ७ बजे विराटनगरस्थित एयरपोर्ट रोडमा कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट पैदलयात्री ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते उनको कोसी अस्पताल पुर्याउने बित्तिकै चिकित्कसले मृत घोषित गरेका थिए ।
कार प्रदेशसभा सदस्य बिन्दियाका छोरा रोबिन कार्कीले चलाएका थिए । बिन्दिया कार्की नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य हुन् ।


कारको ठक्करबाट मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका छन् । उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक र घाइते विराटनगर–४ स्थित न्यु एभरेष्ट फर्निचरमा उद्योगमा काम गर्दथे ।रोबिन कार्कीसहितका युवाहरु कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिँदै आएका छन् ।

शव व्यवस्थापनमा जाँदा युवाहरुले सोही गाडी प्रयोग गर्थे । तर बिहीबार रोबिन संक्रमितको शव व्यवस्थापनमा गर्न गएनन् । रोबिन नगएपछि राम नेपालसहितका युवाहरु संक्रमितको शव बोक्ने गाडीमै गएका थिए ।


प्रहरी स्रोतका अनुसार बिहीबार केहीसाथीसँग रोबिन एक होटलमा पुगेका थिए । होटलबाट निस्कदा रबिनसँग अन्य दुई जना कारमा बसेका थिए । तर अनियन्त्रित रुपमा रहेको कारले दुई जनालाई ठक्कर दिएको थियो ।


‘गाडीमा अरु दुई जना युवती पनि थिए, प्रत्यक्षदर्शीले भने,‘ हामी घाइतेको उद्धारतर्फ लाग्यौं उनीहरु गाडी छाडेर भागे ।’ दुर्घटनामा परेको कार क्षतिग्रस्त छ । दुर्घटनापछि फरार चालकको खोजी भइरहेको प्रहरीले बताएको छ । चालक को थिए भन्ने बारे मोरङ प्रहरीले औपचारिक जानकारी गराएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..