अर्जेन्टिना र चिलीले खेले बराबरी

एजेन्सी । फिफा विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोटका अर्जेन्टिना र चिलीले १-१ ले बराबरी खेलेका छन् । शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले पहिले अग्रता लिए पनि चिलीले बराबरी गोल फर्काएको हो ।


अर्जेन्टिनाको लागि खेलको २३औं मिनेटमा लिओनल मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्गता दिलाएका थिए । तर ३६औं मिनेटमा चिलीका एलेक्सिस सान्चेजले बराबरी गोल पर्काए ।


बराबरीपछि दुवैले एक-एक अंक लिएका छन् ।
दक्षिण अमेरिकी छनोटमा कूल १० राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । अर्जेन्टिना ५ खेलबाट ११ अंकसहित दोस्रो स्थानमा छ । एक खेल कम खेलेको ब्राजिल १२ अंकसहित शीर्ष स्थानमा छ । यस्तै ५ खेलबाट ५ अंकसहित चिली छैटौं स्थानमा छ । यस्तै अर्को खेलमा उरुग्वे र पाराग्वेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

बराबरीपछि ५ खेलबाट दुवैको ७-७ अंक छ । गोलअन्तरमा पाराग्वे चौथो र उरुग्वे पाँचौ स्थानमा छ ।यस्तै कोलिभियाले भेनेजुएलालाई ३-१ ले पराजित गर्दै छनोटमा पहिलो जित हात पारेको छ । बोलिभिया ५ खेलबाट ४ अंक जोड्दै आठौं स्थानमा उक्लेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..