माधव-झलनाथ समुहले बोलाएको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) को माधव नेपाल–झलनाथ खनाल समुहले डाकेको केन्द्रीय कमिटीको बैठक जारी छ । एमालेमा विवाद चर्किंदै गएपछि विभाजन नजिक पुगेको बेला नेपाल समुहले आगामी रणनीति तय गर्न बैठक डाकेको हो ।

केही दिनदेखि दोस्रो तहका नेताबीच भइरहेको छलफलबाट एउटा निष्कर्ष निस्कने अपेक्षा दोस्रो तहका नेताहरुले गरिरहेका छन् ।बैठकमा नेताहरूले आफ्ना धारणा राखिरहेका छन्। बैठकमा अनौपचारिक वार्तामा भइरहेका प्रगति र आगामी रणनीतिबारे छलफल भैरहेको छ ।

बैठक बोलाइएपछि माधव नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन एमालेले निर्देशन दिएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले उक्त बैठक पार्टीको विधान विपरित भएकोले सहभागी नहुन केन्द्रीय कमिटीका सदस्यहरुलाई निर्देशन दिएको हो।

बिहीवार बिहान एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले प्रेस वक्तव्य जारी गर्दै बैठकमा सहभागी नहुन सुचित गरेका थिए। माधव नेपाललगायत नेताहरुलाई अनधिकृत व्यक्ति भन्दै वक्तव्यमा बैठक बोलाइएकोमा भर्त्सनासमेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..