सार्वजनिक जग्गा हडप्नेलाई सप्तरी प्रशासनकाे संरक्षण

राजविराज । सार्वजनिक जग्गा संरक्षण गर्ने मुख्य जिम्मेवारी पाएकाे र नियन्त्रणकाे अधिकार समेत पाएकाे प्रशासन स्वयं अर्को सरकारी निकायले सार्वजनिक जग्गा हडपेकाे र संरक्षणका लागि लिखित पत्राचार गर्दा समेत चुप लागेर बसेबाट जग्गा हडप्नेसंग सांठगांठ छ भन्ने कुराकाे पुष्टि हुन्छ ।एउटा जिम्मेवार सरकारी निकायले जिल्लाकाे प्रशासन प्रमुखलाई र स्थानीय प्रहरीलाई समेत लिखित जानकारी दिदा समेत कुनै कारवाही र सुनुवाइ भएको छैन ।

सप्तरीको झन्डै पाँच सय बिगाहा जग्गा एक व्यक्तिले सार्वजनिक जग्गा हडपेकाे कारण बगरमा परिणत हुने भएको छ। गत बैशाख १९ गते काेशी पम्प चन्द्र नहर सिचाइ व्यवस्थापन कार्यालयले जिल्ला प्रशासन कार्यालय सप्तरीलाई लिखित पत्र पठाई नहर ( भिसी ) जग्गाको अतिक्रमण राेक्का गरिदिनु हुन पत्र पठाएको र स्थानीय इलाका प्रहरी कार्यालय बाेडे बर्साइनलाई पत्राचार गरेपनि कुनै कारवाही नभए पछि स्थानीय कृषक आक्राेशित बनेका छन् ।

उक्त सिचाइ कार्यालयले पत्रमा भनेको छ, यस कार्यालय अन्तरगत संचालित काेशी पम्प नहर सिचाइ प्रणालीमा बाेडे बर्साइनी वडा नम्बर ६ काे खमगारा पश्चिम टाेल स्थित निर्माण रहेका नहरको भि सी बाेडे बर्साइन बडा नम्बर ६ खमगारा बस्ने फेकु साहले जाेर जवर्जस्ती भि सी मासि पाेखरी खन्ने काम गरिरहेकाे भन्ने जानकारी प्राप्त भएको हुदा पाेखरी खन्ने कार्य राेक्का गरि दिनुहुन सरकारी सम्पत्ति अतिक्रमण हुनबाट बचाउन तत्काल आबश्यक कारवाही गरिगराई दिनुहुन अनुरोध छ। कार्यालय प्रमुख राजेन्द्र प्रसाद साहले जिल्ला प्रशासन र स्थानीय इलाका प्रहरी कार्यालयलाई लिखित पत्र पठाएको महिना दिन बितिसक्दा पनि कुनै कारवाही भएको छैन ।

फेकु साहले नहरको सार्वजनिक जग्गा हडपेर पाेखरी बनाउने काम गरिरहेका छन् । स्थानीय इलाका प्रहरीका सई अरूण सिहंकाे फेकुका छाेरा भाेला प्रसाद साहसंग उठबस र अार्थिक सम्बन्धभएको कारणले पनि सरकारी जग्गा अतिक्रमण भैरहेको काम राेकिएकाे छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..