बेलबारीमा एक महिलामाथि बलात्कारको प्रयास

बेलबारी । मोरङको बेलबारी १० भाउन्नेकी २१ बर्षिया एक महिलामाथि स्थानीय एक युवाले जबरजस्ती बलात्कारको प्रयास गरी फरार भएका छन् । श्रीमान बैदेशिक रोजगारीका क्रममा साउदीमा रहेको र ११ महिनाको छोरा सहित घरमै पसल गर्दै आएकी ती महिलामाथि जेठ १३ गते बेलुका पसलमा चटपटे र चुरोट खाना आएका स्थानीय गोपाल निरौलाले जबरजस्ती बलात्कारको प्रयास गरेको पिडित महिलाले बताईन ।

ती महिलाले चटपटे र चुरोट दिएर आफु खाना पकाउन भित्र छिरेपछि भित्रै आएर पछाडीबाट गुप्तांगमा समातेको र किस गर भन्दै जबरजस्ती गरेपछि आफुले गुहार माग्दै माथिल्लो तलामा चढेर बचेको बताईन ।घटनापछि ती युवक फरार रहेका छन । तर घटना मिलाउनुपर्छ भन्दै स्थानीय केही ब्यत्तिहरु दैनिक घरमा आएर रकम समेत बार्गेनिंग गरिरहेको पिडितका ससुरा बताउँछन् ।

दबाब दिनेमा स्थानीय गाँउलेदेखि बेलबारी नगरपालिकाको एकजना कार्यपालिका सदस्य समेत रहेकी छिन् । उनीहरुले २० हजारदेखि ५० हजार सम्म दिने तर घटना मिलाउनुपर्ने भन्दै दबाब दिईरहेका छन् ।


गाँउलेको दवाव बढेपछि पिडितका ससुरा भने गाँउबाट बिस्थापित भएर बेलबारी बस्न थालेका छन् । उनीहरुले घटना भएकै साँझ ईलाका प्रहरी कार्यलय बेलबारीमा उजुरी गरेपनि घटनामा संलग्न युवा भने पक्राउ पर्न सकेका छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..