विराटनगरस्थित कोशी अस्पतालका स्वास्थ्यकर्मी प्रहरीबाट कुटिए

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी प्रहरीको निर्घात कुटपिटबाट घाइते भएका छन् । मंगलबार राति ९ बजे ड्युटी सकेर घर जाने क्रममा विराटनगरको देवकोटा चोकमा अस्पतालमा कार्यरत सिनियर पाँचौ तहका अहेव अशोक राजवंशीलाई दुई प्रहरीले कुटपिट गरेका हुन् ।

प्रहरीको कुटाइबाट स्वास्थ्यकर्मी चौधरीको खुट्टामा चोटपटक लागेको छ ।‘अस्पतालको ड्युटी सकेर घर जाँदै थिए, राति कहाँ हिँडेको भनेर प्रहरीले रोके त्यसपछि केही भन्न नपाई म माथि कुटपिट गर्ने काम भयो’ पीडित राजवंशीले भने । आफू स्वास्थ्यकर्मी भएको जानकारी गराउँदा पनि रातको समयमा हिँड्ने भन्दै कुटपिट गरेको उनको भनाइ छ ।देवकोटा चोकमा रहेको प्रहरीको टोली कमान्डरले नकुट भन्दा पनि प्रहरीले कुटपिट गरेको उनको भनाइ छ । प्रहरीको कुटपिटबाट राजवंशीको खुट्टा र घुँडामा चोटपटक लागेको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले चेकजाँचको क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेपछि बल प्रयोग भएको बताए । उनले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । ‘चेकजाँचको क्रममा मोटरसाइकल नरोकी अपशब्द बोल्दै अगाडि बढ्न खोज्नेपछि ड्युटीमा खटिएको प्रहरीले बल प्रयोग गरेको देखिएको छ,’ डिएसपी राईले भने, ‘घटनाको विषयमा थप बुझ्ने काम भइरहेको छ ।’
दोषीलाई कार्वाहीको माग राख्दै स्वास्थ्यकर्मी आन्दोलित
प्रहरीले सहकर्मीलाई कुटपिट गरी घाइते बनाएपछि कुटपिटमा संलग्नलाई कारवाहीको माग राख्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । कोभिड १९ का बिरामीको उपचारमा फ्रन्टलाइनमा रहेर खटिएको स्वास्थ्यकर्मीमाथि भएको कुटपिटमा संलग्न प्रहरीलाई कारवाहीको माग राख्दै बुधबार कोशी अस्पताल परिसरभित्र स्वास्थ्यकर्मी र चिकित्सकहरू आन्दोलित भएका हुन् ।

देवकोटा चोकमा रहेको प्रहरीको टोली कमान्डरले नकुट भन्दा पनि प्रहरीले कुटपिट गरेको उनको भनाइ छ । प्रहरीको कुटपिटबाट राजवंशीको खुट्टा र घुँडामा चोटपटक लागेको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले चेकजाँचको क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेपछि बल प्रयोग भएको बताए । उनले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

‘चेकजाँचको क्रममा मोटरसाइकल नरोकी अपशब्द बोल्दै अगाडि बढ्न खोज्नेपछि ड्युटीमा खटिएको प्रहरीले बल प्रयोग गरेको देखिएको छ,’ डिएसपी राईले भने, ‘घटनाको विषयमा थप बुझ्ने काम भइरहेको छ ।’

दोषीलाई कार्वाहीको माग राख्दै स्वास्थ्यकर्मी आन्दोलित

प्रहरीले सहकर्मीलाई कुटपिट गरी घाइते बनाएपछि कुटपिटमा संलग्नलाई कारवाहीको माग राख्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । कोभिड १९ का बिरामीको उपचारमा फ्रन्टलाइनमा रहेर खटिएको स्वास्थ्यकर्मीमाथि भएको कुटपिटमा संलग्न प्रहरीलाई कारवाहीको माग राख्दै बुधबार कोशी अस्पताल परिसरभित्र स्वास्थ्यकर्मी र चिकित्सकहरू आन्दोलित भएका हुन् ।

कुटपिटमा संलग्न प्रहरीलाई कारबाहीको माग गर्नुको साथै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाको माग गर्दै नेपाल चिकित्सक संघ कोशीको अगुवाईमा अस्पताल परिसरमा प्रदर्शन भएको हो । नेपाल चिकित्सक संघका कोशी अध्यक्ष डा.फरवार्ड सिलवालले ज्यान बचाउन खटिने स्वास्थ्यकर्मीमाथि सुरक्षा दिन बसेका प्रहरीले अमर्यादित तवरले कुटपिट गर्नु गम्भीर विषय भएको बताए । ‘फ्रन्टलाइनमा रहेर अहिले चिकित्सक र स्वास्थ्यकर्मी खटिएका छन् ।

कुन अवस्थामा आइरहेको व्यक्ति हो भनेर सामान्य सोधपुछ र पहिचान नलिइकन स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नु प्रहरीबाट गलत काम भएको छ’ अध्यक्ष सिलवालले भने ।संघले चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समेत ध्यानाकर्षण गराएको छ ।

स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि बुधबार एसपी खड्कासहित कोशी अस्पतालमा बैठक बसेको थियो । बैठकमा स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने प्रहरीलाई कारवाहीको दायरमा ल्याउने एसपी खड्काले जानकारी गराउनुभएको कोशी अस्पतालका मेसु डा.चुमनलाल दासले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..