ब्राउन सुगरसहित दुई युवक कपिलवस्तु प्रहरीको नियन्त्रणमा

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका–३ स्थित फुलीकाबाट प्रहरीले ब्राउन सुगरसहित दुईजना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका घर भएका २७ वर्षीय मदनकुमार दर्लामी र २८ वर्षीय विनोद दर्लामी मगर छन् ।

बा.८० प ९६९० नम्बरको मोटरसाइकलमा बरोहियाबाट पचेहरा जाँदै गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय पकडीका इन्सपेक्टर कृष्ण बहादुर खत्री नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ६ ग्राम ५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । आरोपीहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..