खुशीको खबर : नयाँ संक्रमित भन्दा संक्रमणमुक्त हुनेहरुको संख्या बढी

काठमाडौं । नेपालका कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या पनि बढ्न थालेको छ । मुलुकभर निरन्तर कोरोना संक्रमण बढिरहेको अवस्थामा बुधबार (आज) संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी देखिएको हो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर आज ६ हजार ७१४ जना नयाँ संक्रमित थपिएका छन्, भने ६ हजार ७१६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि पहिलो पटक आज नयाँ संक्रमित भन्दा संक्रमणमुक्त हुनेहरुको संख्या बढी देखिएको हो ।


आज मुलुकभर १९ हजार ३५२ जनाको आरटी पीसीआर/एन्टिजेन परीक्षण गर्दा ६ हजार ७१४ जना संक्रमित थपिएका छन् । साथै, कोरोना संक्रमणका कारण आज १ सय १४५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..