निषेधाज्ञा थप गर्न उपत्यकाका प्रजिअहरू छलफलमा जुट्दै

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जारी निषेधाज्ञा थप गर्नका लागि छलफलमा जुट्दै छन् । काठमाडौं, भक्तपुर र ललितपुरका सिडिओहरुको संयुक्त बैठक बसेर निषेधाज्ञा एक हप्ता थप्ने तयारी भएको बताइएको छ ।

आज (मंगलबार) दिउँसो बस्ने बैठकले निषेधाज्ञा थप्ने र यसबारे नियमहरु तय गर्नेबारे निर्णय लिइनेछ । यसअघि थपिएको निषेधाज्ञा आजै मध्यराति सकिँदैछ ।यसअघि उपत्याकाका तीन जिल्ला प्रशासनमार्फत् सुरुमा वैशाख २२ गतेसम्म एक हप्ता निषेधाज्ञा लगाइएकाे थियाे ।

पुनः थपेर मसान्तसम्म लागाइएको निषेधाज्ञा फेरि अर्काेपटक थप गरेर जेठ १३ गतेसम्म लम्ब्याइएको थियो । थपिएको अवधि मंगलबार मध्यराति सकिनुअगाडि नै निषेधाज्ञा थप गर्नेबारे निर्णय लिइनेछ ।


उपत्यकामा कोरोना संक्रमण दर केही घट्न थाले पनि अवस्था अझै खतरायुक्त नै रहेकोले उपत्याकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच छलफल गरेर थप कडाइका साथ लागू गर्ने निर्णय लिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..