अक्सिजन सिलिन्डरमा आफ्नो फोटो टाँसेर बाँडेपछि वनमन्त्री आलेको चर्को आलोचना

काठमाडौँ । यतिखेर वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले सामाजिक सञ्जालमा भाइरल भएका छन् । चीन सरकारबाट अनुदानमा आएका अक्सिजन सिलिण्डर तथा स्वास्थ्य समग्रीका प्याकेटमा मन्त्री आलेले आफ्नो व्यक्तिगत सहयोगबाट भनेर तस्वीरसहित स्टिकर टाँसेर बाँडेपछि उनी भाइरल भएका हुन्

मन्त्री आले ती सामग्री बाँड्न हेलिकोप्टरमार्फत गृहजिल्ला डोटी र त्यहाँबाट धनगढी पुगेका छन् । जिल्ला अस्पताल डोटीमा र धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ती सामग्री बाँडेका हुन् । मन्त्रीबाट ढिलै भए पनि सहयोग उपलब्ध हुनु स्वागतयोग्य काम भए पनि यसरी विपदका बेला आफ्नो प्रचार राजनीति गर्नु निकृष्ट काम रहेको भन्दै उनको चर्को आलोचना भइरहेको छ ।

सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले उनको तस्वीअंकित सिलिन्डरका फोटोहरु शेयर गर्दै आलोचना र गाली गरिरहेका हुन् ।स्रोतका अनुसार चीनबाट अनुदान आएका सिलिन्डर र स्वास्थ्य सामग्री स्वास्थ्य सेवा विभागमार्फत मन्त्री आलेले ती अस्पतालका लागि भनेर लिएका थिए । तर केही सिलिन्डर भने आफ्नै व्यक्तिगत खर्चमा किनिएको मन्त्री आलेले बताएका छन् ।

तर उनले सबै सिलिन्डर तथा औषधिका प्याकेटमा ‘नेपाल सरकारका माननीय वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ भनेर बाँडेका छन् ।मन्त्री आलेले १५ वटा सिलिन्डर स्वास्थ्य विभागले दिएको र बाँकी चीनबाट मगाएर सेवा गरेको बताएका छन् । तर कतिपयले सरकारकै बजेटबाट ती सामग्री किनिएको हुनसक्ने र मन्त्रीले सस्तो लोकप्रियताका लागि आफ्नो व्यक्तिगत भन्दै प्रचार गरेको टिप्पणी गरेका छन् । यी सामग्री कसको रकमबाट किनिएका हुन् भन्ने ठोस आधार भने सार्वजनिक गरिएको छैन ।

उनले ७५ सिलिन्डर गृहजिल्ला डोटीमा र ५० वटा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा प्रदान गरेको बताएका छन् । यसका साथै सेनिटाइजर, मास्क, औषधी लगायत सामग्री पनि वितरण गरेको जनाइएको छ ।तर विपदमा राजनीतिक अभिष्टका लागि यसरी प्रचार गरिनु गलत मानिन्छ ।

यसरी कामभन्दा प्रचार बढी गरेकाे भन्दै उनकाे आलोचना भइरहेकाे छ । वेलावेला विवादमा आइरहने मन्त्री आले यसअघि ‘रूखले हामीलाइ कार्बनडाइअक्साइड दिन्छ र हामीबाट अक्जिजन लिन्छ’ भनेपछि यसैगरी भाइरल भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..