हत्यामा संग्गल्न एक पक्राउ

मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका-३ का ४० बर्षीय बिष्णु ऋषिदेवको हत्यामा संग्लग्न रहेको आरोपमा स्थानीय २३ बर्षीय पुजन राई पक्राउ परेका छन् ।

आज बिहान ६ बजेको समयमा घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा सुतेकै स्थानमा मृत रहेको भन्ने जानकारी पाए संगै जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले उक्त हत्याको घटनामा राईको संग्लग्नता रहेको पाएसंगै उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका राईले धारिलो हतियार बामफोकले घाँटीमा प्रहार गरी ऋषिदेवको हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..