डा.केसीका मिडिया संयोजकलाई दुर्गा प्रसाईंको धम्की- तेरो तीन इन्ची सर्ने गरी हान्दिन्छु

काठमाडौं । डा. गोविन्द केसीका मिडिया संयोजक प्रितम सुवेदीलाई झापास्थित बि एन्ड सी मेडिकल कलेजका सञ्चालन दुर्गा प्रसाईंले धम्की दिएका छन्। सार्वजनिक भएको टेलिफोन संवादमा प्रसाईंले ‘तेरो तीन इन्ची सर्ने गरी हान्दिन्छु’ भनेका छन्। साथै, ‘डाका’ शब्द प्रयोग गर्दै धम्कीको भाषा बोलेका छन्।

प्रसाईंको कलेजले विवादास्पद प्रक्रियाबाट सम्बन्धन लिन लागेको विषयमा आवाज उठाउका सुवेदीलाई प्रसाईंले ‘तँ को होस्, संविधान होस्? कानुन होस्?’ भन्दै प्रश्न गरेका छन्। संवादमा बि एन्ड सीको उपचार शुल्क महँगो भएको विषयमा पनि चर्चा छ। तर, प्रसाईंले ‘तेरो बाउले दिन्छ बैंकको ब्याज? तेरो बाउले तलब दिन्छ?’ भन्दै प्रतिवाद गरेका छन्। सुवेदीले भने ‘नेपाली जनताले चाहिँ त्यत्रो पैसा कहाँबाट ल्याउँछन्?’ भन्दै प्रतिप्रश्न गरेका छन्।


धम्कीको सोलिडारिटी फर डा केसी अलायन्सले पनि विरोध जनाएको छ। ‘प्रधानमन्त्री ओलीद्वारा संरक्षित व्यक्तिले गुण्डागर्दीपूर्वक हाम्रो अभियानका अभियन्ता सुवेदीलाई धम्क्याउने कार्यको सोलिडारिटी फर डा केसी अलायन्स कडा निन्दा गर्दछ नागरिकहरुको जिउधनको सुरक्षाका लागि बनेको सरकारका प्रधानमन्त्रीले नै यस्ता गुण्डागर्दी र अवैध कार्यलाई संरक्षण र प्रोत्साहन गरेपछि नागरिकले सुरक्षाका लागि कसको मुख ताक्ने भन्ने प्रश्न अहिले खडा भएको छ,’ अलायन्सको तर्फबाट संयोजक जीवन क्षेत्रीले विज्ञप्ति जारी गर्दै भनेका छन्।


उनले आफूहरुको अभियानका अभियन्ता सुवेदीमाथि कुनै भौतिक आक्रमण भएमा त्यसको जिम्मेवारी दुर्गा प्रसाईंको हुने जानकारी पनि गराएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..