लहान। जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय लहानको सन्युक्त टोलीले चोरीमा संलग्न तीन जनाको समूहलाई पक्राउ गरेको छ । सिरहाको लहान नगरपालिकाभित्र चोरीका घटनामा वृद्धि भएपछि प्रहरीले चोरी घटना नियन्त्रण तथा अनुसन्धानमा सक्रियता देखाएसँगै सो गिरोहलाई पक्राउ गर्न सफल भएको सिरहाका प्रहरी प्रमुख एसपी हिरा बहादुर पाण्डेले जानकारी दिए ।
उनका अनुसार विभिन्न स्थानमा गरिएको चेकिङ, स्विप अपरेशन, व्यक्तिहरुको निगरानी तथा सूचना सङ्कलनका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।
गत बैशाख २८ सिरहाको लहान नगरपालिका वडा नम्वर – १ वस्ने कृष्णटोल निवासी ईन्द्रदेव ठाकुरको घरबाट नगद र सुन-चाँदीका गरगहना समेत चोरी भएको उक्त घटनामा संगलंग भएको प्रहरीले अनुसंन्धान गर्दै जादाँ संकास्पद रहेका लहान नगरपालिका १ मटियर्वा बस्ने महेन्द्र पुर्वेको २५ वर्षीय छोरा करण पुर्वे,मटियर्वा निवासी २२ वर्षीय संजय कुमार महतो र मटियर्वा वस्ने २४ वर्षीय धमेन्द्र महतोलाई कटुवा पेस्तोल सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको सन्युक्त प्रहरी टोलीले घर खानतलासी गर्ने क्रममा करण पुर्वेको घरको सुत्ने कोठामा लुकाई छिपाई राखेको अवस्थामा नम्बर नखुलेको कटुवा पेस्तोल १ थान 7.62 MM MFS 96 लेखिएको गोली १ थान बरामद भएपछि ३ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय लहान सिरहामा राखी थप अनुसन्धान कार्य भईरहेको एसपी पाण्डेले बताए ।


