बढी मुल्य सामान बिक्री गर्ने पैदार प्रहरी फन्दामा

वीरगंज । पर्सा प्रहरीले विशेष सुचनाको अधारमा टाउन हल नजिक रहेको पप्पु किराना पसलका संचालन लक्षमण पैदारलाई आप्mनो नियन्त्रणमा लिएको छ । दोस्रो लहरको कोरोना महामारी बढ्दै गएपछि सरकारले जारी गरेको निशेधाज्ञाको बेला बिरगंज वडा नम्बर १० आदर्शनगर स्थित नगर सभा गृह टाउन हल नजिक किराना पसलका संचालक पैदारले उपभोक्तालाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पसल संचालक पैदारले कोरोना महामारीको मौका छोपी निषेधाज्ञाको समयमा पसल खोलेर बढी मुल्य लिइ सामान बिक्री बितरण तथा कालोबजारी गरेको कारणले उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

पैदारले पाउरोटी बनाउन प्रयोग गरिने बेकिङ्ग पावडर ५०० ग्रामको बजार मुल्य रु. १०५ रहेको तर पैदारले सोही बेकिङ्ग पावडरलाई रु ३८० मा बिक्री वितरण गरेको भन्दै उपभोक्ताको गुनासोको आधारमा बिहिवार प्रहरीले निज संचालकलाई उपभोग समानको बट्टामा रहेको मुल्य केरमेट गरि बढी मुल्यमा बिक्री बितरण गरेको पाइएकोले प्रहरीले बेकिङ्ग पवडरको बट्टासहित संचालक पैदारलाई पसलबाटै नियन्त्रणमा लिएको थियो र निज पौदारलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..