हुण्डीको २२ लाखसहित तीन जना पक्राउ

काठमाडौं । मोरङको विराटनगरबाट प्रहरीले हुन्डी कारोबार गर्ने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१३ घर भएका श्रवण शाह, रंगेली नगरपालिका बस्ने जिज्ञासा चौधरी र झमेली चोक बस्ने ३३ वर्षीय अमृत कुमार साह सुडी छन् ।

विराटनगर महानगरपालिका–११ स्थित रोगशेष चोकमा चेकजाँच गर्दा २५ वर्षीय श्रवणको साथमा २१ लाख ७१ हजार नगद फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । श्रवणको बयानका आधारमा पक्राउ गरिएकी २५ वर्षीय जिज्ञासाको साथमा २३ हजार भारतीय रुपैयाँ फेला परेको छ ।

सो हुन्डी कारोबारमा संलग्न रहेको आशंकामा अमृत कुमार शाहलाई उनको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनीहरुले ०७७ चैतबाट हुन्डी कारोबार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..