श्रीमतीको हत्या आरोपमा पक्राउ

बारा । प्रहरीले श्रीमती हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जीतपुर सिमरा उपमहानगरपालिका– ३ बजनी छिमेकी बैंक टोलका ५६ वर्षीय हरिबहादुर कार्की पक्राउ परेका हुन् ।

कार्कीलाई वैशाख ९ गते श्रीमती ४५ वर्षीया पार्वती कार्कीको हत्या गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।वैशाख ९ गते राति श्रीमान श्रीमतीबीचको झगडामा हरिबहादुरले इँटाले हिर्काएका थिए ।

भोलिपल्ट पार्वती घरको माथिल्लो तल्लामा मृत अवस्थामा भेटिएकी थिइन् ।घटनापछि फरार कार्कीलाई ईलाका प्रहरी कार्यालय सिमराको टोलीले जितपुर सिमरा– २ बाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..