विराटनगर । अनिता यादबको हत्या गरेको आशंकामा उनकै देवर १९ बर्षका विनोद यादवलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको रङ्गेली–३ स्थित तिलुवा चोक नजिकको नहरमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा बुधबार बिहान अनिताको शव फेला परेको थियो ।रङ्गेली नगरपालिकाका बेचन यादवकी श्रीमती २४ वर्षीया अनिता यादवको शव फेला परेको थियो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले तिलुवा चोक नजिकको नहरमा हत्या गरेर फालिएको अवस्थामा अनिताको शव भेटिएको जानकारी दिनुभयो ।प्रहरीको प्रारम्भिक अनुसन्धनबाट घाँटी रेटेर हत्या गरेपछि शव नहरमा फ्यालेको भेटिएको थियो ।
आरोपी विनोदलाइ इलाका प्रहरी कार्यालय रङ्गेलीमा राखेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।


