गृहमन्त्री बादललाई पराजित गर्दै खिमलाल विजयी

हेटौंंडा । राष्ट्रिय सभाको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादल पराजित भएका छन् । उनलाई एमालेकै माधव नेपाल समूहका डा. खिमलाल देवकोटाले पराजित गरेका हुन् ।

विजयी देवकोटाले प्रदेश सभा र स्थानीय निकाय दुवैतर्फ बादलभन्दा बढी मत ल्याउन सके । मतभार अनुसार खिमलालले ५०८८ र बादलले ४०१४ मत प्राप्त गरे । मतभारमा प्रदेश सांसदको प्रति सांसद ४८ र स्थानीय निकायको प्रति जनप्रतिनिधिको १८ मत हुने प्रावधान छ ।

बादल आजै सर्वोच्च अदालतको आदेशले गृहमन्त्रीबाट पदमुक्त भएका हुन् । उनको यो हारले राजनीतिको अन्य क्षेत्रमा समेत असर पार्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..