कलैयामा दाजुभाईको घाँटी रेटेर हत्या

बारा। जिल्लाको कलैया उपमहानगरपालिका-७मा दुईजना बालकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।स्थानीय गफार मियाँका दुई छोराहरु (९ बर्षीयउसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारी)को घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रदेश न २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए।

डीआईजी सिंहका अनुसार हत्या भएका बालकहरुको धारिलो हतियारले घाँटी रेटेर छाडेको अबस्थामा आज बिहान सोही ठाउँमा निर्माणाधीन मदरसाको कोठाभित्र शव फेला परेको हो। हिजो साँझ ८ बजे घरबाट बाहिर खेल्न गएका दुवैजना बालक घर फर्केका थिएनन् । गफार मियाँका दुवैजना छोराको शव देखेपछि आज बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

हत्या गरिएका ती बालकका बुवा वैदेशिक रोजगारीको क्रममा कतारमा छन् भने घटनाबारे थप अनुसन्धानमा तालिमप्राप्त कुकुर परिचालन गरिएको प्रहरी प्रमुख डीआईजी सिंहले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..