खैरो हिरोइनसहित ‘दिलु-राधा’ पक्राउ

कैलाली। इलाका प्रहरी कार्यालय टिकापुरले लागूऔषध खैरो हिरोइनसहित २ जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा टीकापुर नगरपालिका ७ का २४ बर्षीया दिलु पाण्डे र १६ बर्षीया राधा पाण्डे रहेका छन्।

उनीहरु दुबैलाई सोमबार दिउँसो प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार उनीहरुको साथबाट करिब ९।९५० ग्राम लागूऔषध खैरो हिरोइन बरामद गरिएको छ। पक्राउ परेका उनीहरुमाथि म्याद थप गरी अनुसन्धान गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..