घरघरमा खाद्यान्न सामाग्री पुर्‍याउदै सुनसरी तरुण दल

सुनसरी । नेपाली कांग्रेस निकट नेपाल तरुण दल सुनसरीले स्थानीय नागरिकहरुलाई खाद्यान्यका सामाग्री वितरण गर्न सुरु गरेको छ । मुलुकभर तीब्र रुपमा फैलिएको कोरोना भाइरस संक्रमण न्युनिकरणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण समस्यामा परेका सुनसरीका नागरिकलाई तरुण दलले आजबाट खाद्यान्य सहयोग शुरु गरेको हो । दलले गत वैशाख २० गतेदेखी सुरु गरेको सचेता अभियान अन्तर्गत आजबाट खाद्यान्य समस्यामा परेका जनतालाई खाद्य सामाग्री वितरण गर्न थालेको हो ।


नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङले आज एउटा भिडियो सामाग्री सामाजिक संजालमा पोष्ट गर्दै खाद्यान्य समस्यामा परेका जो कोहीले इटहरी स्थीत तरहरामा रहेको आफ्नो घरमा उपस्थीत भएर लान सक्ने बताएका छन् । साथै सभापति गुरुङले घरमा उपस्थित हुन नसक्ने समस्यामा परेका जनताहरुलाई आफुलाई सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

तरुण दलले गत वैशाखदेखी सुनसरी जिल्लाका इनरुवा, रामधुनी, धरान, बराहक्षेत्र, दुहवीलगायतका स्थानहरुमा मास्क, ग्लोब्स र सेनिटाइजर समेत वितरण गर्दै आएको छ । साथै दलले महामारीको अवस्थामा सुनसरीबासीका लागि २४ घण्टे हेल्प डेस्कसमेत सञ्चालनमा ल्याइसकेको छ ।

खाद्यान्न सहित तरुण दल सुनसरी बिपन्न जनताको घरमा

नेपाल तरुण दल सुनसरीले जारी निषेधाज्ञाबाट आक्रान्त कमजोर आर्थिक अवस्था भएका वर्गलाई निःशुल्क खाद्यान्न वितरण गर्न थालेको छ । केही समय अगाडी जिल्लाका विभिन्न स्थानहरुमा निःशुल्क मास्क, सेनिटाइजर, ग्लोब्सहरु वितरण गर्दै कोभिड–१९ सचेतना फैलाएको तरुण दल सुनसरीले लगातारको निषेधाज्ञाले श्रमिक वर्ग र विपिन्न वर्गलाई हातमुख जोर्ने समस्या देखिन थालेको भन्दै निःशुल्क खाद्यान्न वितरणको अभियान थालेको हो ।


नेपाल तरुण दल सुनसरी सभापति सिजन गुरुङले जिल्लामा रहेका अतिविपन्न तथा श्रमिक वर्गलाई खाद्यान्न संकट पर्न नदिन खाद्यान्न राहत वितरणको अभियान थालिएको बताए ।विगतमा श्रमिक, विपन्न वर्गको घरघर र समुदाय स्तरमै गएर राहत वितरण गरिएपनि सुनसरीमा कडा रुपमा निषेधाज्ञा लागू भएकाले खुल्ला रुपमा राहत वितरण गर्न नसकिएपनि आवश्यक परेकालाई घरमै खाद्यान्न पुर्याउने व्यवस्था गरिएको छ ।

‘निषेधाज्ञाले धेरै जनाको भिड बनाएर हिँड्न मिल्दैन, फेरी योपल्टको भेरियन्ट गत वर्षको भन्दा कडा देखिएकोले जजसलाई खाद्यान्न्न आवश्यक हुन्छ उहाँहरुलाई घरसम्मै पुर्याउने व्यवस्थापन गरेका छौं,’ गुरुङले भने ।सभापति सिजन गुरुङले आफ्नो घर छेउछाउका विपन्न र खाद्यान्न अभाव हुनेलाई सामाजिक दुरी कायम गरी घरैबाट खाद्यान्न वितरण गरिरहेका छन् भने टाढाटाढा रहेकालाई घरसम्मै पुर्याउने व्यवस्थापन गरिएको छ ।

यसका लागि तरुण दलले फोन सम्पर्कको व्यवस्थापन गरेको छ । जिल्लामा कुनैपनि नागरिकलाई खाद्यान्न अभाव भए ९८०३३४०९५९ मा सम्पर्क गर्न सक्छन् ।तरुण दलले तत्कालको लागि चामल, नुन, आलु तथा साइनेक्स वितरण गरेको छ । निषेधाज्ञा लामो समयसम्म जानसक्ने परिस्थिति बन्दै गएको भन्दै त्यसले दैनिक ज्यालादारी र श्रमिक वर्गलाई संकट आइलाग्ने अनुमान गरिएको छ ।

गतवर्षको लकडाउनमा विभिन्न राजनीतिक दलहरुले देशब्यापी राहत वितरणको अभियान चलाएपनि यो पल्ट कतैबाट श्रमिक वर्गमा पर्न सक्ने खाद्यान्न संकट अनुमान गरिएको छैन । गत वर्ष सरकारले जारी गरेको लकडाउनमा विपन्न, कमजोर आर्थिक अवस्था भएका नागरिकलाई खाद्यान्न राहत सामग्री वितरण गरेर उदाहरणीय कार्य गरेको नेपाल तरुण दल सुनसरीले कोरोनाको दोश्रो भेरियन्टमा गाउँगाउँ गएर निःशुल्क स्वास्थ्य सामग्री वितरण गरेको थियो ।तरुण दल सुनसरीले जिल्लामा तथा जिल्ला बाहिर समेत कुनैपनि विपत्ति, प्राकृतिक संकटमा तदारकताका साथ आफ्ना तरुणहरुलाई जुटाएर सामाजिक काम गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..