काठमाडाै । नेपाली कांग्रेस नुवाकोटले त्रिशूली अस्पतालमा भर्ना भएका बिरामी र कार्यरत स्वास्थ्यकर्मीलाई अस्पतालभित्रै खाना खाने व्यवस्ता मिलाएको छ। अस्पतालमा कोभिडका बिरामीको चाप बढ्दै जाँदा खाना व्यवस्थापनमा समस्या परेको जनाउँदै कांग्रेसले अग्रसरता लिएको जिल्ला सभापति जगदीशश्वर नरसिंह केसीले जानकारी दिए।
‘जेठ २ गते बिहानदेखि त्रिशूली अस्पताल भर्ना भई उपचारमा रहेका सबै कोविडका बिरामी र कोभिडका बिरामीको परीक्षण र उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीका लागि नियमित रूपमा अस्पतालमै खानाको व्यवस्था गरिएको छ,’ केसीले जानकारी दिए।नेपाली कांग्रेस नुवाकोटको कार्यमा यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्टको पनि सहयोग गरेको उनले बताए। ॐ आदि फाउन्डेसनले तोकिएको मापदण्ड र पौष्टिक तत्वयुक्त खाना अस्पतालमै खुवाउने भएको छ।
कोभिड विरामी र स्वास्थ्यकर्मीलाई खुवाएको खाना वापतको रकम साप्ताहिक रुपमा चुक्ता गरिने केसीले बताए।यस्तै, नेपाली कांग्रेस नुवाकोट र यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्टकै अग्रसरतामा ॐ आदि फाउन्डेसनले चार दिनदेखि काठमाडौंस्थित शिक्षण अस्पतालका कोभिड विरामीलाई खानाको व्यवस्था गर्दै आएको छ।
नेपाली कांग्रेस नुवाकोटको पार्टी कार्यालयलाई आइसोलेसन वार्ड बनाउने निर्णय यस अघि नै गरिसकेको छ।


