जसपाले राष्ट्रपतिलाई गरायो जानकारी : ‘गठबन्धन सरकारमा जादैनौं’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सो पार्टी गठबन्धन सरकारमा सहभागी नहुने जनाएको छ जसपाका प्रथम अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नयाँ बन्न लागेको गठबन्धन सरकारमा जसपा सामेल नहुने स्पष्ट पारेका हुन् ।

पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव गठबन्धनमा सहभागी हुने कुरा मिथ्या भएको भन्दै ठाकुर र महतोले त्यसमा पार्टीको समर्थन नरहेको बताएका छन् । शीतल निवासमा राष्ट्रपति भण्डारीलाई पत्र बुझाएर गठबन्धनको सरकारमा नजाने जसपाले स्पष्ट पारेको हो ।

राष्ट्रपतिले संयुक्त सरकार बनाउन आह्वान गरेपछि नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन कसरत तीब्र पारेको छ । तीन दिनको समय सीमा भोलि राति नौ बजे सकिदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..