पोखरा । राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई गण्डकी प्रदेशसभा संसदीय दलको नेताबाट हटाएको छ । बुधबार (आज) बसेको केन्द्रीय सचिवालयको बैठकले थापालाई तत्काल संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो ।
महासचिव मनोज भट्टले प्रेस विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘माओवादी केन्द्र एवं जसपासहित मिलेर सरकार निर्माण गर्ने कार्यलाई समर्थन गर्ने गरी भएको निर्णयका विरुद्ध कार्य गरी दलको निर्णय विपरीत काम कार्यबाहीमा संलग्न रहनु भएकोले आज मिति २०७२ साल वैशाख २९ गते माननीय कृष्ण थापालाई पार्टीको निर्देशन विपरित कार्य गरेकोले तपाईंलाई संसदीय दलको नेताबाट हटाइ अन्य आवस्यक कारवाही किन नगर्ने ? सम्बन्धमा स्पष्टीकरण माग गरिएको थियो ।’
जानकारी अनुसार केही समयभित्र प्रदेशसभा सचिवालयमा पत्र बुझाइँदैछ । पार्टीले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको कारण दलको नेताबाट थापालाई हटाइएको बताइएको छ ।


