संसद विघटनबाट बचाउन मलाई भोट दिनु : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विरुद्ध भ्रमपुर्ण हल्ला फैलाउने काम नगर्न चेतावनी दिएका छन् । आफ्नो विश्वासको मतको प्रस्तावका सम्बन्धमा सदनमा आएको जिज्ञासाको जवाफ दिदै उहाँले आवेश, उत्तेजना र झुट जालझेलको राजनीति नगर्न सचेत गराएका हुन् ।

कोभिड १९ संक्रमणको जोखिममा मुलुक परिरहेका बेला मिलेर अघि बढ्नुपर्ने बेलामा तनाब बढाउने, अनेकता तर्फ देशलाई लैजाने परिस्थिति होइन ।उनले नेपालको राजनीति माखे सांङलो जस्तो भएको भन्दै देशलाई बनाउने किसिमको राजनीति गर्न सबैलाई सुझाव दिए । असमानता र विभेदको अन्त्य गर्ने काममा सरकार लागेकाले मित्थ्या आरोपको खेती नगरि तनाब बनाउने काम नगर्न पनि उनले सचेत गराए ।

उनले केही समय अघि लोकतान्त्रिक पद्ध्ति विरुद्ध आन्दोलनरत रहेकाले लोकतान्त्रिक आन्दोलनको चिन्ता गरेकोमा आफुलाई खुसी लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति व्यंग गरे ।कहिलेकाहीँ देशको आवश्यकता एकातिर र संसदीय गणित अर्कोतिर हुने गरेको भन्दै उनले चुनाव हुँदा लोकतन्त्र खतरामा नपर्ने बताए । उनले संसदको स्थायीत्वका लागि आफुलाई मतदान गरि संसदलाई बचाउन पनि आग्रह गरे ।

उनले भने “संसद विघटन होला कि भन्ने चिन्ता छ । मत दिनुहोस् न कसरी विघटन हुन्छ ? ” उनले आफुले सबैभन्दा ठूलो, धेरै जनमत र सिट भएको पार्टीको हैसियतले आफुले सरकारको नेतृत्व गर्ने हक राख्ने बताए ।उनले नेपाल खनाल पक्षका सांसदहरु सदनमा उपस्थिति नभएको कुरा पनि आफुले बुझेको बताए । संवाद,सहमति र समझदारीका साथ देश अघि बढ्न आवश्यक रहेको भन्दै विगतका कुरा छोडेर नयाँ ढंगले अघि बढ्न पनि उनले प्रस्ताव गरे ।

उनले खुट्टा तान्ने मात्रै नभई कोभिड विरुद्धको लडाई, देशको राजनीतिक स्थिरताका लागि एकजुट भएर अघि बढ्न पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..