आइसोलेसनबाट थापाको खण्डन, विश्वासकाे मत लिन कसैका शर्त र कुण्ठासँग साैदावाजी गर्नु मजाक हो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं नेकपा एमालेका नेता सुर्य थापाले माधवकुमार नेपालले अध्यक्ष ओलीलाई लेखेको पत्रलाई लिएर खण्डन गरेका छन्।


हिजोराति नेता नेपालले पार्टी अध्यक्ष ओलीलाई पत्र लेख्दै आफुहरुको सर्त नमाने सांसद पदबाट राजिनामा दिने बताएका थिए। उक्त पत्रको खण्डन गर्दै नेता थापाले आफू आइसोलेसनमा रहेको बेला नेता नेपालले आफ्ना शर्त राख्दै अन्यथा बाटो लाग्ने नै पो भन्नुभएछ भन्दै आश्चर्य प्रकट समेत गरेका छन्।
आज बिहान सामाजिक सञ्जालमार्फत् सल्लाहकार थापाले प्रधानमन्त्रीले विश्वासको मत लिन कसैका मनोगत शर्त र कुण्ठासँग सौदावाजी गर्न भनी मजाक गरेको आरोप समेत लगाएका छन्।


राजनीति गर्नु राम्रो, तर परचक्री सेवाको नियतलाई स्वीकार्नु किमार्थ उचित हुँदैन उनले ट्वीटमा उल्लेख गरेका छन्।उनले लेखेका छन्,’म त आइसाेलेसनमा छु- निकै राति माधव नेपालले आफ्ना शर्त राख्दै अन्यथा बाटाे लाग्ने नै पाे भन्नुभएछ! प्रधानमन्त्रीले विश्वासकाे मत लिन कसैका मनाेगत शर्त र कुण्ठासँग साैदावाजी गर्न भनी मजाक गरेकाे देखियाे।राजनीति गर्नु राम्रो,तर परचक्री सेवाकाे नियतलाई स्वीकार्नु किमार्थ उचित हुँदैन।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..