हजुरआमालाई हत्या गरेको अभियोगमा पक्राउ

मकवानपुर । आफ्नै हजुरआमा अन्दाजी ९० वर्षीया कान्छीमाया गुरुङलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका-१७ दियालो दमार बस्ने २२ वर्षीय आकाश गुरुङलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।


आकाशले आफ्नै हजुरआमालाई बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पशुपतिनगर र अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते कान्छीमायाको जिल्ला अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको थियो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..