नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले हाम्रो चाहना : बरिष्ठ नेता माधव नेपाल

काठमाडौं । नेकपा (एमाले)का बरिष्ठ नेता माधव कुमार नेपालले सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले आफूहरुको चाहना भएको बताउनुभएको छ । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फ्त बरिष्ठ नेता नेपालले नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले आफूहरुको चाहना भएको बताउनु भएको हो ।

उहाँले भन्नुभएको छ, ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहन्छौं, किनकी यो हामीले निर्माण गरेको पार्टी हो ।’त्यस्तै, उहाँले सुदृढ र एकताबद्ध एमालेका लागि आफूहरुले वार्ता र लचकता दुवै अपनाउने तर, हालसम्म कुनै पनि सहमति नभएको पनि बताउनुभएको छ । उहाँले २०७७ फागुन २८ गते र त्यसपछि बसेको कथित बैठक र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्ने बताउनुभएको छ ।

साथै, उहाँले २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफूहरुको बटम लाइन भएको पनि बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो ।’


त्यस्तै, उहाँले यसबारे कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने अभियानमा लागिरहन आह्वान पनि गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..