मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि वैशाख २७ गते मतदान

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि वैशाख २७ गते मतदान हुने भएको छ ।वैशाख १५ सांसद सम्पर्कविहीन भएपछि स्थगित भएको गण्डकी प्रदेशको प्रदेशसभा बैठक २७ गते बस्ने भएको हो ।

त्यसैदिन मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ ।१५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदान गर्ने कार्यसूची थियो । तर राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि स्थगित भएको थियो ।


सत्तारुढ नेकपा एमालेले २८ र विपक्षी दलहरुले २६ गते नै बैठक बस्नुपर्ने बताएपछि सभामुख नेत्रनाथ अधिकारीले २७ गते प्रस्ताव गर्नुभएको हो ।
वैशाख २७ गते बस्ने प्रदेश सभा बैठकको शुरुमा राष्ट्रिय जनमोर्चाको संसदीय दलका नेता र जनता समाजवादी पार्टीका संसदीय नेताले बोल्ने छन् । त्यसपछि मुख्यमन्त्री गुरुङले जवाफ दिने कार्यसूची छ ।


कोरोना पोजेटिभ देखिएका गुरुङ उपस्थित हुन नसक्ने भएकाले एमालेका अर्का सांसदले जवाफ दिएर मतदान प्रक्रिया शुरु हुनेछ । विपक्षी तीन दलले वैशाख २ मा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..