काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।बिहीबार दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका पूर्व प्रधानमन्त्री नेपाल बुढानीलकण्ठबाट सिधै शीतल निवास पुगेका थिए ।
नेपाल समूहका तीन नेता पौडेलले भेटे
नेकपा एमालेको दोस्रो तहका नेताको सम्वादले तीव्रता पाएको छ ।बिहीबार मेरियट होटलमा अध्यक्ष केपी शर्मा ओली पक्षमा रहेका विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेका नेताहरुसँग भेटवार्ता गरेका हुन् ।
अर्थमन्त्री समेत रहेका पौडेलले सुरुमा योगेश भट्टराईलाई भेटेका थिए ।लगतै सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग भेटवार्ता गरे । तीन नेताबीच करिव आधा घण्टा कुराकानी भएको थियो ।यसअघि बुधबार महासचिव ईश्वर पोखरेल र योगेश भट्टराईबीच भेटवार्ता भएको थियो


