नेपाल पक्षीय नेता भुसाल र भट्टराईसँग प्रधानमन्त्री ओलीको विशेष छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरू घनश्याम भुसाल र योगेश भट्टराईसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार राती ३ घण्टा बढी छलफल भएको थियो। भेटमा प्रधानमन्त्री ओलीले आफूले पार्टीलाई मिलाएर लैजान चाहेको बताउनुभएको एक स्रोतले जनाएको छ ।

भुसाल र भट्टराईले भने २०७५ जेठ २ गतेको अवस्थामा एमालेलाई फर्काउनु पर्ने प्रस्ताव राखेका राख्नुभए पनि ओलीले भने त्यसमा कुनै जवाफ दिनुभएन ।

प्रधानमन्त्रीले छलफल गर्नुअघि अर्थमन्त्री बिष्णु पौडेलले पनि भुसाल र भट्टराईसँग छलफल गरेका गर्र्नुभएको थियो । पौडेलले बिहीबार नै नेपाल पक्षीय नेताहरू सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टसँग छलफल गर्नुभएको थियो । नेपाल पक्षीय नेतासँग अर्थमन्त्री पौडेलले पार्टी विवाद मिलाउनका लागि कार्यदल बनाउने प्रस्ताव राख्नुभएको थियोतर नेपाल पक्षीय नेताले भने कार्यदललाई स्पष्ट कार्यादेश दिनु पर्ने बताएका थिए।

त्यसमा भने पौडेल सहमत हुन नसकेको स्रोतको भनाइ छ। आफूहरूले जेठ २ मा फर्किनु पर्ने स्पष्ट अडान राखे पनि ओली पक्षीय नेताहरूले बीचको बाटो रोज्नमात्रै प्रस्ताव गरेको स्रोतले जनाएको छ । पार्टीभित्रको विवाद समाधानकै लागि राष्ट्रपति विद्यादेवी भण्डारीले बरिष्ठ नेता नेपालसँग छलफल समेत गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारी र बरिष्ठ नेता नेपालबीच राती साढे १० बजेसम्म छलफल भएको थियो। अर्कोतिर प्रधानमन्त्री ओलीले भुसाल र भट्टराईसँग साढे ११ बजेसम्म वार्ता गर्नुभएको थियो । विवाद समाधानकै लागि बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल पक्षीय नेता योगेश भट्टराई र गणेश पहाडीसँग छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..